प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेनजी आन्दोलनका सहिदहरुको सालिक राख्ने विषयमा भएको प्रगतिबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले आज सिंहदरबारमा विभिन्न मन्त्री र सम्बन्धित निकायका अधिकारीहरुलाई बोलाएर निर्माणाधीन संसद् भवन परिसरमा सहिदका सालिक राख्ने विषयमा छलफल गरेकी हुन् । छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, खानेपानीमन्त्री डा मदन परियार, सहरी विकासमन्त्री कुमार […]