खनालको सम्बोधन: प्रचण्डलाई पटक-पटक सम्झिए, माधव नेपाललाई ‘बिर्सिए’

कम्युनिष्ट घटकहरूको एकीकरण घोषणा सभामा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाललाई पटक-पटक सम्बोधन गरे पनि आफ्नै पार्टीका अध्यक्ष माधवकुमार नेपालको नाम उच्चारण समेत गरेनन्।