सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थप प्रमाण कागजात झिकाउन आदेश दिएको छ। न्यायाधीश डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज उक्त आदेश जारी गरेको हो। आदेशमा महान्यायाधिवक्ता कार्यालयले बहसका क्रममा अभियोगपत्र दायर भइसकेपछि थप प्रमाण फेला परेकाले अभियोगपत्र संशोधन गर्ने निर्णय […]