काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने भएको छ । आगामी मंसिर २७ गते महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीस्थित सडक नजिकैको खुला चौरमा गर्न लागिएको हो । काठमाडौंको भृकुटीमण्डपमा ठाउँ साँघुरो हुने भएपछि एमालेले महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरमा गर्ने भएको हो । महाधिवेशनको बन्द सत्र भने काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमै हुने […]