जसपा नेपालका उम्मेदवार नै प्रवेश गरे एमालेमा

भैरहवा- जनता समाजवादी पार्टी (जसपा), नेपालबाट रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार श्रीनिवास यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपा नेपालका केन्द्रीय सदस्यसमेत रहेका यादव सोमबार एमालेमा प्रवेश गरेकाा हुन् । यादवलाई सोमबार भैरहवामा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य भूमिश्वर ढकाल र गुमादेवी आचार्यसहितले स्वागत गरे । ‘…प्रचलित कानूनअनुसार उम्मेदवारी दर्ता गरी आजका मितिसम्म […]