पूर्वप्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना, तीन दिन अस्पतालमै राखेर उपचार गरिने

रुघा, खोकी, ज्वरो तथा सास फेर्न गाह्रो भएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए। त्रिवि शिक्षण अस्पतालमा सिंगल क्याबिनको बेड उपलब्ध नभएकाले उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा राखी उपचार भइरहेको छ।