काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले देशभरका स्थानीय तहमा भइरहेको सरकारी सवारी साधन दुरुपयोग रोक्न पत्र काटेको छ। अधिकांश स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरूले सरकारी सवारी साधन र अन्य सुविधा दुरुपयोग गरिरहेको उजुरी प्राप्त भएको केन्द्रले जनाएको छ। आएका उजुरी अनुसार, पदाधिकारीहरूले विवाह, ब्रतबन्ध, मलामी, घुमफिर र व्यक्तिगत काममा सरकारी सवारी साधन प्रयोग गर्दै इन्धन […]