बसको ठक्करबाट पैदलयात्रीको मृत्यु‚ अरनिको राजमार्ग अवरुद्ध

काभ्रे। बसको ठक्करबाट काभ्रेको पाँचखालमा एक पैदलयात्रीको मत्यु भएको छ। अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका ४ मा सडकछेउमा पैदल हिँडिरहेका स्थानीय ६५ वर्षीय दिलबहादुर श्रेष्ठलाई बसले ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो। सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँतर्फ आउँदै गरेको अरनिको यातायातको बा.२ख ६५७९ नम्बरको बसले पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको थियो। स्थानीय राजन कार्कीका अनुसार बिहान ८ बजे […]