काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेन-जी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएकी छन् । मंगलबार बालुवाटारमा जेन-जी आन्दोलनका घाइतेहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेन-जी आन्दोलनको मर्मभन्दा बाहिर नजाने र प्रक्रियासम्मत ढंगले कानुनी रूपमा तल नपर्ने गरी काम गर्ने बताइन् । त्यस्तै जने-जी आन्दोलनले दिएको म्यान्डेटअनुसार चल्ने र सरकारले तोकेको समयमा नै निर्वाचन हुने उनले बताइन् […]