काठमाडौं। साताको चौथो कारोबार दिन आज (बुधबार) सेयर बजार राताम्मे बनेको छ। २२.५८ अंकले घटेको नेप्सेमा २५०५.५८ विन्दुमा रोकिएको छ। यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.९२ अंकले घट्दै ४३७.०२ अंकमा पुगेको छ। नेप्सेमा आज ३१८ वटा कम्पनीको ३५ हजार ७५० पटकको कारोबारमा ७६ लाख ११ हजार ६६० कित्ता सेयर किनबेच […]