काठमाडौँ। प्रहरीले बाराबाट २०३.८५० किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका १८‚ बडर्वाबाट प्रहरीले मंगलबार गाँजासहित गाडीका चालकलाई नियन्त्रणमा लिएको छ। बीएसी २३४३ नम्बरको पिकअप गाडी जाँचका क्रममा गाँजा फेला परेको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए। पक्राउ पर्नेमा मनहरि गाउँपालिका ६‚ मकवानपुरका २४ वर्षीय गाडीचालक निशानबहादुर सेन्चुरी छन्। कुँवरका अनुसार गाडीको […]