राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता सविता भण्डारीले सोमबार महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन बुझाएकी छन्। राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार महान्यायाधिवक्ता भण्डारीले संविधान र कानुनअनुसार तयार पारिएको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष बुझाएकी हुन्। प्रतिवेदन ग्रहणपछि राष्ट्रपति पौडेलले त्यसमा उल्लेखित विषयहरू कार्यान्वयन हुने विश्वास व्यक्त […]