पत्रकारलाई डेरा दिन्नँ!

उनले आफ्नो घरमा तल्लो तलामा पूजा कोठा भएको र केटी साथी आउँदा तलमाथि गर्दा महिनावारी भएको बेला पूजा कोठा अगाडि हिँड्न नहुने भन्दै आपत्ति जनाए। उनले राखेका मापदण्ड र पत्रकारप्रति घृणाको मुखभरी जबाफ थियो मसँग। तर उमेरको लाज राखेँ। पाकेका कपाल र न्याय क्षेत्रमा काम गरेका व्यक्तिको सोच देखेर दया लाग्यो।