संकटाको उत्कृष्ट प्रदर्शन, झापा एफसी ६-० ले पराजित

बिर्तामोड। झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा जारी एलभीडी झापा महिला गोल्डकपअन्तर्गत तेस्रो क्वार्टर फाइनलमा संकटा फुटबल क्लब काठमाडौँले घरेलु टोली झापा एफसीलाई एकतर्फी खेलमा ६-० को फराकिलो जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको सुरुवातदेखि नै संकटाले आक्रामक खेल प्रस्तुत गरेको थियो। १३औँ मिनेटमा राष्ट्रिय यू-२० खेलाडी सुक्रिया मियाको प्रहारलाई झापाकी गोलकिपर सुजता तामाङले सजिलै […]