काठमाडौँ। बढ्दो जाडोलाई दृष्टिगत गरी मकवानपुरस्थित डिभिजन वन कार्यालयले वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण गरेको छ। डिभिजन वन कार्यालयका सुरक्षा शाखा प्रमुख यादविन्द्र पौडेलकाअनुसार हेटौँडा उपमहानगरपालिका-२ चौकीटोलस्थित ऊँ वृद्धाश्रम, हेटौँडा उपमहानगरपालिका-४ स्थित भुवनेश्वर पशुपतिनाथ मन्दिर, हेटौँडा उपमहानगरपालिका-५ स्थित लक्ष्मीनारायण मन्दिर र हेटौँडा उपमहानगरपालिका-१० राप्तीतटस्थित गोरक्षेश्वर मन्दिरमा दाउरा वितरण गरिएको छ। विभिन्न सामुदायिक वनहरूसँगको सहकार्यमा वन […]