नर्सहरूका माग सम्बोधन गर्न नर्सिङ संघको ४८ घण्टे अल्टिमेटम

काठमाडौं– नेपाल नर्सिङ संघले पारिश्रमिकलगायतका नर्सहरूका मागहरू ४८ घण्टाभित्र पूरा गर्न अल्टिमेटम दिएको छ ।  आइतबार संघले एक विज्ञप्ति जारी गर्दै ४८ घण्टाभित्र मागहरू पूरा नभए इमर्जेन्सीबाहेकका सेवाहरू बन्द गर्ने निर्णय गरेको छ ।  संघले ४८ घण्टाभित्र मागहरू सम्बोधन नभएमा सरकारी, निजी, गैरसकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यकबाहेकका सम्पूर्ण नर्सिङ सेवाहरू ठप्प पार्ने जनाएको छ […]