दिल्लीबाट कुलमानको अपिल– नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्नुस्

नयाँ दिल्ली। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत् एवम् सौर्यजस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्। मंगलबार दिल्लीमा आयोजित स्वच्छ ऊर्जा रूपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआबद्धताको परिकल्पनासम्बन्धी सभाको विषयगत सत्रलाई सम्बोधन गर्दै मन्त्री घिसिङले नेपालको जलविद्युत दक्षिण एसियाकै स्वच्छ ऊर्जा रूपान्तरणको रणनीतिक स्रोत रहेको बताए। नेपाल स्वच्छ ऊर्जाको यात्रा […]