काठमाडौं। पश्चिम नेपालमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राति ८:२६ बजे रुकुम पूर्व र बागलुङ जिल्लाको सिमाना केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो। अचानकको धक्कापछि स्थानीयवासीहरु घरबाट बाहिर निस्किएका थिए। हालसम्म मानविय क्षति वा भौतिक सम्पत्तिमा क्षतिको कुनै विवरण प्राप्त भएको छैन।