देशभरिबाट ३‚४२८ जनाको मनोनयन दर्ता

काठमाडौँ। प्रतिनिधिसभाका लागि आगामी २१ फागुनमा हुने निर्वाचनमा तीन हजार ४२८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगले आज साँझसम्मको तथ्यांक सार्वजनिक गर्दै यस्तो जनाएको हो। निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्रमा ३‚४२८ जनाको मनोनयन दर्ता भएको हो। आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार महिला उम्मेदवारको संख्या ३९१ […]