चौदण्डीगढीको सातधारेमा निःशुल्क आँखा शल्यक्रिया सेवा शिविर

उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका–६ स्थित सातधारेमा निःशुल्क तीनदिने आँखा शल्यक्रिया सेवा शिविर सुरु भएको छ। नगरपालिकाको सहयोगमा काठमाडौँस्थित तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ चिकित्सक डा सन्दुक रुइतको टिमले निःशुल्क आँखा शल्यक्रिया सेवा सुरु गरेको हो। सोमबारदेखि सुरु भएको शिविरमा पाँच सय बढी आँखाका बिरामीको जलविन्दु र मोतियाविन्दुसम्बन्धी शल्यक्रिया गरिने चौदण्डीगढी नपाकी उपप्रमुख मणिकादेवी दुलालले बताए। पहिलो […]