नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसहित सातजना पक्राउ

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्। अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको हो। पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी कसुरको अनुसन्धान सिलसिलामा अधिकारीलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ। अधिकारीलाई विशेष अदालतमा लगिएको छ। अधिकारीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ताको तयारी अख्तियारको छ। सोही सिलसिलामा […]