काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा जारी छ। सोमबार विशेष महाधिवेशन आह्वानकर्ता महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आआफ्ना प्रतिवेदन पेस गरे। प्रतिवेदनमा समूहगत छलफल चलिरहेको छ। सोमबार छलफल नसकिएकाले मंगलबारसम्म अधिवेशन लम्ब्याइएको छ। त्यसपछि नेतृत्व चयनको प्रक्रियामा अघि बढ्ने प्रचारप्रसार उपसमितिका सदस्यसचिव माधवप्रसाद चम्लागाईं बताउँछन्। बन्दसत्रले विशेष महाधिवेशनको कार्यविधि पारित गरिसकेको […]