साकेलामा बाँसकलासम्बन्धी उद्योग स्थापना

खोटाङ– गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेडपा) अन्तर्गत साकेला गाउँपालिकामा बाँसकलासम्बन्धी उद्योग स्थापना भएको छ । गाउँपालिका प्रमुख रविप्रकाश राईले बुधबार उद्योग उद्घाटन गर्दै स्थानीय स्रोतको अधिकाधिक उपयोगबाट नै समृद्धितर्फको यात्रा सम्भव हुने बताए । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राईको अध्यक्षतामा सञ्चालन गरिएको उद्योग स्थापना कार्यक्रममा वडा नम्बर–२ रतन्छाका वडाध्यक्ष जीतेन्द्रकुमार राई, वडा […]