काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगमको ए-३२० जहाजको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न ताकिता गरेकी छन्। निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर उनले आफ्नो इन्जिन इजरायलमा थन्क्याउने र भाडाको इन्जिन ल्याएर जहाज चलाउने प्रवृत्तिमाथि प्रश्न गर्दै यस्ता बेथिति सहेर बस्न नसकिने स्पष्ट पारिन्। “उता आफ्नो इन्जिन त्यसै थन्किएर बसेको छ। […]