म्याग्दीमा कांग्रेसको उम्मेदवार कर्णबहादुर भण्डारी

५ माघ, काठमाडौं । नेपाली कांग्रेसले म्याग्दीको उम्मेदवार कर्णबहादुर भण्डारीलाई बनाएको छ । जिल्ला उपसभापति भण्डारीलाई सभापति गगन थापाले उम्मेदवारको टिकट प्रदान गरेका हुन् । म्याग्दीमा यसअघि कांग्रेसका खमबहादुर गर्बुजाले जितेका थिए ।