विदेशमा उच्च शिक्षा अध्ययन गराइदिने भन्दै ठूलो रकम असुली ठगी गरेको अभियोगमा विभिन्न शैक्षिक कन्सल्टेन्सीका सञ्चालकसहित पाँच जना पक्राउ परेका छन्। काठमाडौंका विभिन्न स्थानमा कार्यालय सञ्चालन गर्दै विद्यार्थीहरूलाई फ्रान्स, अष्ट्रेलियालगायत मुलुकमा अध्ययन गराइदिने भनी झुक्यानमा पारी रकम लिएको आरोप उनीहरूमाथि लागेको छ। प्रहरीका अनुसार ती कन्सल्टेन्सीहरूले फ्रान्सस्थित मान्यता प्राप्त भनिएका कलेज तथा कलेजसँग आबद्ध शैक्षिक […]