झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लिएको छ । झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार विमान रनवेबाट करिब १८० मिटर बाहिर पुगेको हो । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार काठमाडौँ–भद्रपुर उडान सङ्ख्या ९०१ जहाज–नाइन एन–एएमएफ विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको हो । “विमान अवतरणका क्रममा […]