काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले टी-ट्वेन्टी विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन्। यो ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश फैलिएको पनि उनको धारणा छ। राष्ट्रपति भवन शीतलनिवासमा सोमाबार आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण समारोहमा उनले यस्तो धारणा राखेका हुन्। “नेपाल आज खेलप्रेमी राष्ट्रका रूपमा सशक्त तवरले स्थापित हुँदै गएको […]