वायुसेवा निगममा पहुँचका आधारमा भर्ती भएका कर्मचारी हटाउन प्रधानमन्त्री कार्कीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करार कर्मचारी तत्काल हटाउन निर्देशन दिएकी छन्। नागरिक उड्डयन तथा पर्यटनमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेकी उनले निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन्। प्रधानमन्त्री कार्कीले निगममा राजनीतिक दबाब र मनपरी नियुक्ति रोक्न आग्रह गर्दै भनिन्, “जेनजीहरूले यत्रो रगत बगाएको केका […]