मुस्ताङ। मुस्ताङमा आयोजित पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न भएको छ। नेपाल स्की सङ्घको आयोजनामा आज (शनिबार) सम्पन्न अल्पाइन स्कीअन्तर्गत पुरुषतर्फको सिनियर स्की प्रतियोगितामा रसुवाका छेवाङ मिङ्गुर तामाङ र जुनियर अल्पाइन स्की प्रतियोगितातर्फ दोलखाका साम्देनगेल्बु शर्मा च्याम्पियन बने। यसैगरी महिलातर्फको अल्पाइन स्की प्रतियोगिताअन्तर्गत नुवाकोटकी सङ्गीता लामा र महिला जुनियर अल्पाइन स्कीतर्फ काठमाडौँकी नैना शाक्य च्याम्पियन बनेको […]