आज तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । […]