काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्द सूचीमा रहेका सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनले व्यक्तिगत कारण देखाउँदै उक्त सूचीबाट नाम हटाउने निर्णय गरेका हुन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै ढकालले संविधानले परिकल्पना गरेको समानुपातिक निर्वाचन प्रणालीको भावना र मर्मको सम्मानस्वरूप यो निर्णय लिएको बताएका छन्। युवाहरूको सामूहिक नेतृत्वमा सुशासनसहित समुन्नत […]