हेलम्बु (सिन्धुपाल्चोक)। मेलम्ची बजारबाट २१ किलोमिटर उत्तरमा रहेको माथिल्लो बोल्देमा १३ भदौ २०७७ को मध्यरातमा राममाया तामाङ (४६)को घरभन्दा पाँच कान्ला (३३ मिटर) तलको खोल्सामा पहिरो खस्यो। त्यस रातभर उनको परिवारका सदस्यले एक ठाउँमा जम्मा भएर पहिरोतर्फ आँखा घुमाइरहे। मध्यरातको अन्धकारमा मधुरो टर्चको सहायतामा उनीहरूले पहिरो कति तलबाट गइरहेको भन्ने भेउ मात्र पाएका थिए। त्यो […]