काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालाको समन्वयमा जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले आज सुरक्षा निकायहरूबाट समन्वयात्मक रूपमा निर्वाचन सुरक्षा लक्षित गस्ती पेट्रोलिङ बढाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो । मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार मन्त्रालयले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित […]