काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावलीसम्बन्धी प्रणाली पूर्ण सुरक्षित रहेको जनाएको छ। आयोगको वेबसाइटमा अनधिकृत प्रवेश गरी मतदाता नामावलीसम्बन्धी सूचना फेला पारेको भनी सामाजिक सञ्जालमा आएका दाबीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। आयोगले सूचना प्रणाली पूर्ण सुरक्षित रहेको पनि विज्ञप्तिमार्फत जनाएको छ। कानुनबमोजिम गोप्य राख्नुपर्ने नागरिकका सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिबद्ध रहेको मंगलबार जारी […]