गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन् । जिल्ला सुरक्षा समितिले १४५ मतदानस्थलमध्ये ४८ अतिसंवेदनशील, ५७ संवेदनशील र ४० मतदानस्थललाई सामान्य गरी तीन भागमा वर्गीकरण गरेको छ । भौगोलिक कठिनाइ, विगतका निर्वाचनमा भएका गतिविधि, सञ्चार सम्पर्क, यातायातको पहुँच, आपराधिक गतिविधि, दलहरूबीचको प्रतिस्पर्धा, सुरक्षा संवेदनशीलतालगायत विषय र अवस्थाको अध्ययन गरी सोही आधारमा उक्त […]