विश्वकप उपाधिबाट चुक्यो नेपाली महिला दृष्टिविहीन टोली, भारतसँग ७ विकेटले पराजित

काठमाडौं- श्रीलंकाको कोलम्बोमा भएको ‘पहिलो दृष्टिविहीन महिला टी-२० विश्वकप क्रिकेट २०२५’ को फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतले नेपाललाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै उपाधि उचालेको छ। श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो। […]