अमेरिका र रुस मिलेर शान्ति प्रस्ताव तयार पारेपछि जेलेन्स्कीले ट्रम्पसँग भेट्न किन खोजे ?

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी शान्ति प्रस्तावबारे राष्ट्रपति ट्रम्पसँग कुरा गर्ने तयारीमा रहेको बताएका छन्। रुससँगको युद्ध अन्त्य गर्न अमेरिकाले तयार पारेको शान्ति योजनाको मसौदा सार्वजनिक भएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्ने बताइएको छ। अमेरिकी विशेष दूत स्टिभ विटकफ र उनका रूसी समकक्षी किरिल दिमित्रियेभले युक्रेनलाई समावेश नगरी यो प्रस्ताव तयार […]