चन्द्रागिरि नगरपालिकाका स्थानीयवासीले आजदेखि चन्द्रागिरि केबलकार चढ्दा ५० प्रतिशत छुट पाउन थालेका छन्। केबलकार सेवा प्रयोग गर्ने स्थानीयका लागि यो सुविधा लागू भएसँगै पर्यटन प्रवर्द्धन र स्थानीय सहभागिता बढ्ने अपेक्षा गरिएको छ। केबलकारको प्रवर्द्धक संस्था चन्द्रागिरि हिल्स लिमिटेडको पुस २३ गते सम्पन्न १६औँ वार्षिक साधारणसभाले माघ १ गतेदेखि लागू हुने गरी चन्द्रागिरि नगरपालिकाका साथै मकवानपुर […]