प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रकाशराज थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सैनिक मुख्यालय जंगी अड्डामा मंगलबार आयोजित कार्यक्रममा उनलाई उपरथी दर्जाको दर्ज्यानी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका दुई जना महासेनानीलाई समेत दर्ज्यानी चिह्न प्रदान गरिएको सेनाले जनाएको छ।