काठमाडौँ। जेन-जी आन्दोलनमा भएको दमन र त्यसपछि उत्पन्न विध्वंसका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक आयोगका पदाधिकारीविरूद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यो रिट तीन न्यायाधीशको इजलासमा पेस गर्ने आदेश गरेको हो। आयोगका पदाधिकारीलाई काम कारबाही गर्न रोक लगाउनुपर्ने मागसहित ११ […]