गाईघाट। उदयपुरको कटारी नगरपालिका ४ स्थित मदन भण्डारीमार्गको ककरु खोलामा मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ। दुर्घटनामा एकजना घाइते भएका छन्। घाइतेको अवस्था चिन्ताजनक छ। इलाका प्रहरी कार्यालय कटारीका अनुसार मोटसाइकल दुर्घटनामा मृत्यु हुनेमा कटारी ४ का १६ वर्षीय सम्राट खड्का रहेका छन्। दुर्घटनामा घाइते हुनेमा कटारीकै १८ वर्षीय राजमणि कटुवाल छन्। गएराति ११ […]