कप्तान इन्दु बर्माको ३९ रन अनि उपकप्तान पूजा महतोको अविजित ६२ रनको इनिङ्स। इन्दुका लागि यो इनिङ्स सामान्य रहे पनि पूजाका लागि भने महत्त्वपूर्ण थियो। ५ फेब्रुअरी २०२५ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा भएको नेपाल, थाइल्यान्ड र नेदरल्यान्ड्ससम्मिलित त्रिदेशीय शृंखलाअन्तर्गत अन्तिम खेलमा २० वर्षे पूजाले आफ्नो करिअरको दोस्रो अर्धशतकसँगै नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक जित दिलाउने अवसर बनाएकी थिइन्। […]