नेपालको इतिहासमा ज्ञानेन्द्र शाह यस्ता व्यक्ति हुन्, जसको जन्म राजपरिवारमा भए पनि साधारण अवस्थामा राजा हुने कुनै सम्भावना थिएन। तर, उनी दुईपटक राजा भए। एकपटक बाल्यकालमा, जतिखेर उनी राजकाजबारे अबोध थिए। अर्कोपटक ५४ वर्षको उमेरमा। परिस्थिति सिर्जित समयमा दुईपटक राजा भए पनि ज्ञानेन्द्र दुवैपटक सत्ताच्युत भए। पहिलो घटना नियतिसँग गाँसिन्छ, अनि दोस्रो परिघटना उनको नियतसँग। […]