४२ वर्षअघि यसरी भएको थियो पिस्कर हत्याकाण्ड

१५ भदौ २०३४ मा म तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माले)को मध्य उत्तर क्षेत्रीय कमिटीको सदस्यको जिम्मेवारी लिएर संगठन प्रमुख कमरेड अमृतकुमार बोहराको साथमा ललितपुरबाट दुई दिन हिँडेर पहिलोपटक सिन्धुपाल्चोकको पिस्कर गाउँ पुगेको थिएँ। त्यसदिन कमरेड बोहराकै घरमा बसियो। पक्राउ पुर्जी जारी भएको छोरा घरमा आइपुगेकाले बुवा र सबै परिवार साह्रै खुसी हुनुभयो। घरमा धेरै समय […]