‘सोल्टिनी’ टिमको देउसी यात्रा, सेन्सरबाट परिवारमैत्री प्रमाणपत्र

काठमाडौं। भाइटीकाको अवसर पारेर रिलिज हुन लागेको नेपाली चलचित्र ‘सोल्टिनी’ देशका विभिन्न सहरमा देउसी-भैलो कार्यक्रममार्फत प्रचारमा व्यस्त छ। कलाकारहरूले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रको प्रचारसँगै सांस्कृतिक परम्पराको सम्मान र सामाजिक योगदान दुवै निभाइरहेका छन्। चलचित्रका मुख्य कलाकार प्रकाश सपूत, परीक्षा लिम्बू, सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडालगायतको टोली आइतबार साँझ झापाको दमकमा याक्थुङ फिल्म मेकर्स […]