उनले पेशागत इथिक्सलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। डा. शाहीले उम्मेदवार बन्दै गर्दा उठ्न सक्ने स्वाभाविक प्रश्न- ‘कताबाट?’लाई समेत सम्बोधन गर्दै चिकित्सकको पेशागत धर्मजस्तै चुनावी प्रक्रियामा पनि कायम राख्ने बताएका छन्। उनले भनेका छन्, 'उपचारका क्रममा हामी कुनै जात–धर्म, समुदाय, राष्ट्रियता वा राजनीतिक आस्थालाई हेर्दैनौं। पेशागत संगठनमा पनि त्यही इथिक्सलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ। राम्रो काम र संघको साख वृद्धि हुने कुरामा म जोसँग पनि जोडिन तयार छु।'