कोभिड अस्पतालमा डा. रुइत सोमबार बिहानदेखि आँखा अप्रेसनमा व्यस्त रहेका छन्। चौदण्डीगढी, त्रियुगा र बेलका नगरपालिकाका विभिन्न वडामा सञ्चालित साताव्यापी आँखा शिविरमा फेला परेका मोतियाबिन्दुका रोगीहरूको ज्योति फर्काउने चटारोमा अहिले छन् उनी नेतृत्वको चिकित्सक समूह डा. रुइतसमेत ३ जना विशेषज्ञ चिकित्सकले सोमबार १ सय ५२ जनाको आँखाको ज्योति फर्काइसकेको चौदण्डीगढी नगरपालिका ४ का वडाध्यक्ष तथा शिविर आयोजक समिति संयोजक लुँगराज राईले बताए।