स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा वालिङ नगरपालिका–७ का ६५ वर्षीय डोलाज कोइराला र कैलाली टिकापुर नगरपालिका–७ का ३५ वर्षीय राजकुमार चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मंगलबार करिब २ बजे वालिङबाट डुंगाल लिई चापाकोटतर्फ जाँदै […]