विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र संयुक्त राज्य अमेरिकाले पछिल्लो दुई वर्षयताकै सबैभन्दा तीव्र आर्थिक वृद्धिदर हासिल गरेको छ । सेप्टेम्बर महिनाको अन्तिममा त्यहाँको केन्द्रीय बैंक फेडरल रिजर्भले प्रकाशित गरेको तेस्रो त्रैमासिकको तथ्याङ्कअनुसार अमेरिकी अर्थतन्त्रमा उत्साहजनक सुधार देखिएको हो । विशेष गरी उपभोक्ता खर्चमा भएको वृद्धि र निर्यातमा देखिएको सुधारका कारण अमेरिकी अर्थतन्त्रले लय समातेको प्रतिवेदनमा उल्लेख […]